


काठमाडौँ : प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्वले बुधबार शपथ ग्रहणसँगै औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ।
शपथलगत्तै बसेको केन्द्रीय समितिको पहिलो बैठकले पार्टीका निर्वाचन र लेखा आयोगलाई यथावत् राख्ने तथा अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
बनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका थिए। गत असार ७ देखि १२ गतेसम्म भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
शपथ समारोहपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए। बैठकले लेखा आयोग प्रमुखमा अभिषेक घिमिरे र निर्वाचन आयोग प्रमुखमा भुवन केसीलाई निरन्तरता दिएको छ। नयाँ नेतृत्वले संगठनात्मक संरचनालाई प्रभावकारी बनाउँदै महाधिवेशनबाट पारित निर्णय कार्यान्वयनमा केन्द्रित हुने संकेत गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |