


काठमाडौँ : धनुषामा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थापछि सामाजिक सद्भाव र धार्मिक सहिष्णुता सुदृढ बनाउन सर्वपक्षीय सद्भाव समितिले ‘सद्भाव यात्रा’ आयोजना गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको समितिको बैठकले जिल्लाको शान्ति–सुरक्षा अवस्थाको समीक्षा गर्दै विभिन्न धर्म, जातजाति, भाषाभाषी तथा समुदायबीच आपसी विश्वास र भाइचारा अभिवृद्धिका लागि जनकपुरधाममा सद्भाव यात्रा सञ्चालन गर्ने तथा अन्य स्थानीय तहलाई पनि यस्ता कार्यक्रम आयोजना गर्न आग्रह गर्ने निर्णय गरेको हो।
बैठकले धार्मिक, सामाजिक तथा राजनीतिक नेतृत्व, नागरिक समाज, बुद्धिजीवी, स्थानीय तहका जनप्रतिनिधि, सञ्चारकर्मी र सरोकारवालाबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।
साथै फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमार्फत भ्रामक अफवाह फैलाउने, पुराना घटना उचाल्ने, धार्मिक वा सामुदायिक विद्वेष भड्काउने तथा उत्तेजक र अशोभनीय सामग्री प्रचार–प्रसार नगर्न सबै पक्षलाई आग्रह गर्दै यस्ता गतिविधि निरुत्साहित गर्न सामूहिक प्रयास आवश्यक रहेको समितिले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |