


काठमाडौँ : सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। दिउँसो १ः१५ बजेका लागि तय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।
बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ पनि प्रस्तुत गर्नेछन्।
यसैदिन सङ्घीय संसद्का चार संसदीय समितिको बैठक पनि बस्नेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’ माथि छलफल गर्नेछ भने महिला तथा सामाजिक मामिला समितिमा साइबर सुरक्षासम्बन्धी विषयमा छलफल हुनेछ।
त्यस्तै, अर्थ समितिले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ संशोधन विधेयकमाथिको दफावार छलफललाई निरन्तरता दिनेछ भने लेखा समितिले प्राप्त उजुरीमाथि छलफल गर्ने कार्यसूची तय गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |