


काठमाडौँ : सरकारले सुनसरी र मधेस प्रदेशका घटनापछि गृहमन्त्री सुधन गुरुङले कुनै विशेष वा ठोस सम्झौता नगरेको स्पष्ट पारेको छ। मंगलबार सञ्चारकर्मीसँगको भेटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गृहमन्त्रीको पूर्वी तराई भ्रमणका क्रममा विभिन्न पक्षसँग संवाद भए पनि त्यसलाई सम्झौताका रूपमा बुझ्न नहुने बताए।
उनका अनुसार गृहमन्त्रीले प्रभावित क्षेत्रका सरोकारवालासँग भेटेर घटनाको वस्तुस्थिति बुझेका र समस्या समाधानका लागि सरकार संवादमार्फत अघि बढ्न तयार रहेको सन्देश दिएका हुन्।
पूर्वी तराई भ्रमणका क्रममा गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेना तथा आन्दोलनबाट प्रभावित पक्षसँग छलफल गरेका थिए। त्यस क्रममा भएको भनिएको सहमतिबारे उठेका प्रश्नको विस्तृत र आधिकारिक जानकारी आवश्यक परे गृहमन्त्री स्वयंले सार्वजनिक गर्ने मन्त्री पोखरेलले बताए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |