


काठमाडौं : प्रतिनिधिसभाको आज बस्ने बैठकमा सुरक्षा, संवैधानिक निकाय, प्राकृतिक स्रोत, मानव बेचबिखन नियन्त्रण र राहदानी व्यवस्थासँग सम्बन्धित पाँच विधेयक प्रस्तुत हुने भएका छन्। अपराह्न १ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा सरकार र संसदीय समितिबाट विभिन्न विधेयक अघि बढाइने उल्लेख छ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नेछन्।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।
त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण पहिलो संशोधन विधेयक, २०८३’ तथा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन, विधेयक, २०८३’ बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |