• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण २७, बुधबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

मक्का सम्झौता र अब्राहम एकार्ड : सुरक्षा रणनीतिको आडमा कूटनीतिक बार्गेनिङ

५ घण्टा अघि
२

अमेरिकी क्षेप्यास्त्र प्रहारपछि होर्मुजमा तनाव

९ घण्टा अघि
३

पाँचै जना सन्तानको उपस्थितिमा रोनाल्डो र जर्जिनाले गरे विवाह

१0 घण्टा अघि
४

आज देशका धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना

१0 घण्टा अघि
५

राष्ट्रियसभा र सातवटा संसदीय समितिको बैठक आज बस्दै

१0 घण्टा अघि
६

देवानगञ्ज घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

२१ घण्टा अघि
७

यातायात चालक एकता समाजद्वारा ११ बुँदे माग अघि सार्दै हस्ताक्षर अभियानको घोषणा

२१ घण्टा अघि
८

उषाकिरण नेकपा (बहुमत) बाट निष्कासित

२१ घण्टा अघि
९

‘मन्त्रीहरू एसी कोठामै सीमित’भएको सांसद हर्कराज राईको आरोप

२३ घण्टा अघि
१०

विकासको प्रतीक्षामा पचुर्खा : दशकौँदेखि कालोपत्रे सडकको आशा अधुरै

२३ घण्टा अघि
११

विद्युतीय एम्बुलेन्समा कर छुट सहित चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

२३ घण्टा अघि
१२

सुनको मूल्य तोलामा ३ लाख ७ हजार ९ सय रुपैयाँ

१ दिन अघि
होमपेज /  बिचार
  • ४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मक्का सम्झौता र अब्राहम एकार्ड : सुरक्षा रणनीतिको आडमा कूटनीतिक बार्गेनिङ

  • २०८३ श्रावण २७, बुधबार (५ घण्टा अघि)

  • गत ७ अगस्ट २०२६ मा साउदी अरब, टर्की र पाकिस्तानबीच ‘मक्का’ संयुक्त रक्षा सम्झौताुमा हस्ताक्षर भयो। सम्झौताको घोषित उद्देश्य कुनै एक पक्षमाथि सशस्त्र आक्रमण भए तीनै पक्षमाथि आक्रमण मानिने र सामूहिक सुरक्षा प्रदान गर्ने भनिएता पनि यसको गहिराइलाई हेर्दा यो विशुद्ध सैन्य सहकार्यमा मात्र सीमित देखिँदैन। साउदी अरबले पाकिस्तानसँग यसअघि नै द्विपक्षीय सुरक्षा सम्झौता गरिसकेको र टर्की स्वयं नाटोको बलियो सदस्य राष्ट्र रहेको पृष्ठभूमिमा यो त्रिदेशीय सम्झौताको औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक हो। वास्तवमा, यस सम्झौताको अप्रत्यक्ष तर गहिरो भूराजनीतिक सम्बन्ध मध्यपूर्वको चर्चित ुअब्राहम एकार्ड र इजरायलसँगको भावी सम्बन्ध सामान्यीकरणसँग जोडिएको देखिन्छ। यसलाई मुख्य तीन वटा आयामबाट विश्लेषण गर्न सकिन्छ ।

    कूटनीतिक ब्यार्गेनिङ बलियो बनाउने दाउ

    साउदी अरब र पाकिस्तान दुवैले अहिलेसम्म इजरायललाई औपचारिक रूपमा मान्यता दिएका छैनन्। मक्का सम्झौता स्वयं इजरायललाई मान्यता दिने घोषणापत्र नभए तापनि, यसले भविष्यका लागि कूटनीतिक बाटो खोल्ने रणनीतिक आधार तयार पारेको छ।

    अहिले मध्यपूर्व दुई समानान्तर प्रक्रियाबाट गुज्रिरहेको छ-एउटा, इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्ने कि नगर्ने बहस र दोस्रो, आफ्नै क्षेत्रीय सुरक्षा संरचना निर्माण गर्ने प्रयास। यी दुवै प्रक्रियाको केन्द्रमा साउदी अरब छ। साउदी अरबले भविष्यमा इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्ने निर्णय गर्नुअघि आफ्नो ुक्षेत्रीय सुरक्षा र रणनीतिक ब्यार्गेनिङ पोजिसनु बलियो बनाउन चाहेको देखिन्छ। अर्थात्, पहिले सैन्य र सुरक्षा शक्ति सन्तुलन कायम गर्ने, त्यसपछि आफ्ना शर्तमा कूटनीतिक वार्ता गर्ने र अन्त्यमा सम्भावित सामान्यीकरणतर्फ अघि बढ्ने। मक्का रक्षा सम्झौता यही दीर्घकालीन रणनीतिक चालको प्रारम्भिक दृश्य हुन सक्छ।

    मुस्लिम जगतको शक्ति सन्तुलन र पाकिस्तानको प्रयोग

    यो सम्झौताको मुख्य विशेषता आर्थिक तथा ऊर्जा शक्ति (साउदी अरब), विशाल सैन्य शक्ति एवं नाटो सदस्य (टर्की) र आणविक क्षमतायुक्त सैन्य शक्ति (पाकिस्तान) लाई एकै ठाउँमा ल्याउनु हो। यो केवल सैन्य गठबन्धन मात्र नभएर मुस्लिम विश्वभित्र साउदी अरबको नेतृत्वदायी हैसियतलाई अझ मजबुत बनाउने क्षेत्रीय शक्ति(संयोजन हो। साउदी र टर्की मध्यपूर्वमा दिगो शान्ति कायम गरी इजरायलसँगको साङ्घातिक तनाव सधैँका लागि अन्त्य गर्न चाहन्छन्।

    साउदी अरबले अब्राहम एकार्डमा सिधै सहभागिता जनाउँदा क्षेत्रीय र आन्तरिक सन्तुलन गुम्ने खतरा रहन्छ। आफ्ना जनतालाई मनोभाव नबुझी सिधै निर्णयमा पुग्नु साउदी नेतृत्वका लागि जोखिमपूर्ण छ। त्यसैले, यो प्रक्रियाको अग्रपंक्तिमा पाकिस्तानलाई अघि सारिएको प्रस्ट देखिन्छ। पाकिस्तानी नेतृत्वले पटक पटक साउदी अरबका दुई पवित्र स्थल मक्का र मदिनामाथि हमला हुन सक्ने अभिव्यक्ति दिँदै आएको छ। जबकि, न त साउदी अरब न त टर्कीले नै यस्तो दाबी गरेका छैनन् ।

    आखिर मक्कामाथि कसले आक्रमण गर्छ ? न त इजरायलले न त इरानले नै यी पवित्र स्थलहरूमाथि आक्रमण गर्ने मनसाय राख्छन्, किनभने दुवैको दृष्टिकोणमा यी स्थलहरू पूजनीय छन्। तर, पाकिस्तानी नेतृत्वले यस्तै काल्पनिक खतराको अनुमान गराएर आफ्ना जनतालाई मनोवैज्ञानिक रूपमा तयार पार्न र अन्ततः इजरायललाई मान्यता दिने मार्ग प्रशस्त गर्न खोजेको प्रस्ट बुझ्न सकिन्छ। यही कारणले गर्दा इजरायलले पनि मक्का सम्झौतालाई निकै गम्भीरताका साथ नियालिरहेको छ।

    अब्राहम एकार्डका लागि बाटो बन्द पनि होइन, स्वीकार गरिसकेको पनि छैन

    यस सम्झौतालाई बुझ्न सबैभन्दा सावधानी अपनाउनुपर्ने ठाउँ यही हो। सन् २०२० मा संयुक्त अरब इमिरेट्स (युएई ) र बहराइनबाट सुरु भएको अब्राहम एकार्डको मूल मर्म इजरायल र अरब राष्ट्रहरूबीचको सम्बन्ध सामान्यीकरण नै हो।

    मक्का सम्झौताले अब्राहम एकार्डलाई तत्कालै पूर्ण रूपमा स्वीकार गरिसकेको पनि छैन र यसका ढोकाहरू पूर्ण रूपमा बन्द गरिसकेको पनि छैन। साउदी अरबले पहिले आफ्नो क्षेत्रीय सुरक्षा शक्ति र मुस्लिम विश्वभित्रको रणनीतिक स्थान बलियो बनाउँदैछ, ताकि भविष्यमा इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्ने वा नगर्ने निर्णय पूर्णतः आफ्नै शर्त र लाभका आधारमा गर्न सकियोस्।

    मक्का सम्झौता अब्राहम एकार्डको प्रत्यक्ष कार्यान्वयन नभए तापनि भविष्यको सम्भावित कूटनीतिक ब्यार्गेनिङका लागि शक्ति सञ्चय गर्ने एउटा चलाख रणनीतिक प्रयास हो। रक्षा र सुरक्षाको आवरणभित्र लुकेको यो कूटनीतिक चालले आगामी दिनमा मध्यपूर्वको राजनीति र इजरायलसँगको सम्बन्धलाई कुन मोडमा पुर्‍याउँछ, त्यो भने हेर्न बाँकी नै छ।

    • #मक्का सम्झौता र अब्राहम एकार्ड
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बिचार सम्बन्धि थप

    अमेरिकी क्षेप्यास्त्र प्रहारपछि होर्मुजमा तनाव

    पाँचै जना सन्तानको उपस्थितिमा रोनाल्डो र जर्जिनाले गरे विवाह

    आज देशका धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना

    राष्ट्रियसभा र सातवटा संसदीय समितिको बैठक आज बस्दै

    देवानगञ्ज घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

    यातायात चालक एकता समाजद्वारा ११ बुँदे माग अघि सार्दै हस्ताक्षर अभियानको घोषणा

    ताजा समाचार
    १

    मक्का सम्झौता र अब्राहम एकार्ड : सुरक्षा रणनीतिको आडमा कूटनीतिक बार्गेनिङ

    २

    अमेरिकी क्षेप्यास्त्र प्रहारपछि होर्मुजमा तनाव

    ३

    पाँचै जना सन्तानको उपस्थितिमा रोनाल्डो र जर्जिनाले गरे विवाह

    ४

    आज देशका धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना

    ५

    राष्ट्रियसभा र सातवटा संसदीय समितिको बैठक आज बस्दै

    ६

    देवानगञ्ज घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

    ७

    यातायात चालक एकता समाजद्वारा ११ बुँदे माग अघि सार्दै हस्ताक्षर अभियानको घोषणा

    ८

    उषाकिरण नेकपा (बहुमत) बाट निष्कासित

    ९

    ‘मन्त्रीहरू एसी कोठामै सीमित’भएको सांसद हर्कराज राईको आरोप

    १०

    विकासको प्रतीक्षामा पचुर्खा : दशकौँदेखि कालोपत्रे सडकको आशा अधुरै

    समाचार
    थप

    अमेरिकी क्षेप्यास्त्र प्रहारपछि होर्मुजमा तनाव

    पाँचै जना सन्तानको उपस्थितिमा रोनाल्डो र जर्जिनाले गरे विवाह

    आज देशका धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना

    राष्ट्रियसभा र सातवटा संसदीय समितिको बैठक आज बस्दै

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution