


काठमाडौँः नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि लागेको भ्रष्टाचारको आरोपलाई लिएर सरकार र सांसदबीच दोहोरी चलेको छ। सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आईजीपी कार्कीलाई तत्काल निलम्बन गरी निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरेका हुन्।
गृहमन्त्री सुदन गुरुङले भने आरोप प्रमाणित नहुँदै प्रहरी नेतृत्वमाथि प्रहार गर्न नमिल्ने भन्दै कार्कीको बचाउ गरेका छन्। उनले वर्तमान नेतृत्वले सरकारको चाहनाअनुसार राम्रो काम गरिरहेको दाबी गरे।
गृहमन्त्रीको अभिव्यक्तिपछि सांसद सुनारले कडा आपत्ति जनाउँदै अनुसन्धानको घेरामा रहेका व्यक्तिलाई ‘काखी च्यापेर’ नहिँड्न गृहमन्त्रीलाई चेतावनी दिएका छन्। सामामाजिक सञ्जालमा लेख्दै सुनारले तल्लो दर्जाका प्रहरीको बजेट हिनामिना भएको विषयमा समितिमा उजुरी परेकाले छानबिन हुनुपर्ने अडान दोहोर्याए।
सांसद सुनारले आईजीपी कार्कीमाथि पुनः आरोप लगाउँदै आफ्ना छोराछोरी युरोप-अमेरिकामा राखेर यहाँ अरूका छोराछोरीलाई दुःख दिएको आरोपसमेत लगाएका छन् ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |