


काठमाडौँ : पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रलाई केन्द्रविन्दु बनाएर शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण हालसम्म कम्तीमा दुई जनाको मृत्यु भएको छ भने भौतिक संरचनाहरूमा क्षति पुगेको छ।
इन्डोनेसियाको भूभौतिक निकायका अनुसार स्थानीय समयअनुसार बिहान करिव ६ बजे फ्लोरेस द्विप नजिकै १५ किलोमिटर गहिराइमा भूकम्प गएको हो। भूकम्पपछि केही तटीय क्षेत्रमा १ मिटरसम्मका साना सुनामीका छालहरू रेकर्ड गरिएका थिए, यद्यपि पछि सुनामीको चेतावनी फिर्ता लिइएको छ। राष्ट्रिय विपद् न्यूनीकरण निकायका अनुसार नगेकेओ, सिम्बा र माउमेरे लगायतका क्षेत्रमा करिब एक मिनेटसम्म कडा धक्का महसुस गरिएको थियो।
भूकम्पका कारण भवनका गारोहरू भत्किँदा र अस्पतालका बिरामीहरू भागाभाग गर्दा घाइतेहरूसमेत भएका छन्। अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले भने यस भूकम्पबाट आफ्नो भूभागमा सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेको छ। प्रशान्त महासागरीय ‘रिङ अफ फायर’मा अवस्थित भएकाले इन्डोनेसियामा बारम्बार भूकम्प र सुनामी जाने गर्दछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |