

काठमाडौँ : सर्वोच्च अदालतको परमादेशबाट थुनामुक्त भएपछि जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले वर्तमान सरकारले विरोधीका आवाज दबाउन हुकुमी शासन चलाएको आरोप लगाएका छन्। आफूलाई गैरकानुनी रूपमा पक्राउ गरी हिरासतमा राख्नुलाई उनले पेसागत धर्म निर्वाह गरेबापत राज्यले साध्न खोजेको ुबदलाको कारबाहीु भनेका छन्।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सम्पादक श्रेष्ठले जनआस्थामा प्रकाशित समाचारप्रति आपत्ति भए खण्डन गर्न चुनौती दिए। सरकारले आफ्नाविरुद्ध खेताला प्रयोग गरी सामाजिक सञ्जालमा मान्छे खडा गरेर नियन्त्रणमा लिएको दाबी उनले गरे। सुशासनको नारा दिएर बनेको सरकारले सुरुदेखि नै ट्रेड युनियन, विद्यार्थी सङ्गठन, न्यायालय र मिडियालाई गिजोल्दै आएको उनको भनाइ थियो।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न परमादेश जारी गरेपछि उनी थुनामुक्त भएका हुन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |