

काठमाडौँ : भीषण सुवा बाढीका कारण मृत्यु भएका १ हजार ३९९ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बरामद शवमध्ये ५४४ पुरुष, ३३६ महिला र ५१९ वटा आंशिक अङ्ग रहेका छन्।
बाढी आएको लामो समय बितिसक्दा पनि ४ हजार ८९ जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा स्वदेशी नागरिकका साथै ६०० जना विदेशी ९२७२ पुरुष र ३२८ महिला० समेत रहेका छन्। केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार बाढीमा घाइते भएका ९ हजार २८७ जनाको उद्धार गरी उपचार प्रक्रिया अघि बढाइएको छ।
फेला परेकामध्ये १,२३० शवको डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरी व्यवस्थापन गरिसकिएको छ। पहिचान खुल्न नसकेका शवहरूलाई भने सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ। शव पहिचान सहज बनाउन मृतकका तर्फबाट १,२८६ र आफन्तबाट १,८८९ गरी कुल ३,१७५ डीएनए नमुना लिइएको छ। हाल प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि ७ हजार ९७५ प्रहरी परिचालन गरिएका छन् भने ३,४४० जनालाई होल्डिङ सेन्टरमा राखिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |