

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै विश्वव्यापी असमानता, जलवायु न्याय र बहुपक्षीयताको सुदृढीकरणमा जोड दिएका छन्। महासभाका सबैभन्दा कम उमेरका सरकार प्रमुखका रूपमा सम्बोधन गर्दै उनले विश्वव्यापी न्याय र साना राष्ट्रहरूको अस्तित्वको मुद्दा सशक्त रूपमा उठाए।
७२ घण्टाभित्र हतियार पुर्याउन सक्ने विश्वले किसानलाई जीविकोपार्जनबाट वञ्चित राख्न नमिल्ने उल्लेख गर्दै शाहले साना र गरिब देशको आवाज सुनिने बहुपक्षीय संयुक्त राष्ट्रसंघको आवश्यकता औँल्याए।
जलवायु न्यायलाई केवल पैसामा सीमित नगरी वितरणात्मक र प्रक्रियागत न्यायका रूपमा हेरिनुपर्नेमा उनले जोड दिए। हिमाली समुदाय, साना टापु राष्ट्र र भावी पुस्ताको अधिकारको रक्षा हुनुपर्ने भन्दै प्रधानमन्त्री शाहले नेपालले ‘सगरमाथा टु सी’ कार्यक्रममार्फत जलवायु न्यायको विश्वव्यापी नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले नेपाली युवाहरूले इमानदार राजनीतिको माग गरेकोसमेत स्पष्ट पारे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |