


काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनका व्यवसायीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।
बुधबार म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण निर्माण भइसकेको उल्लेख गर्दै ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार जस्ता क्षेत्रहरूमा लगानीको अपार सम्भावना रहेको बताए। कार्यक्रममा स्पेन वाणिज्य तथा उद्योग महासङ्घका सदस्य, व्यापारीक अगुवा, नेपाली समुदायका प्रतिनिधि र कूटनीतिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता थियो।
ढकालले नेपालको स्थिर राजनीतिक अवस्था, खुला बजार नीति र निजी क्षेत्रलाई सहयोग गर्ने सरकारी नीतिहरू लगानीकर्ताका लागि आकर्षक पक्ष भएको पनि प्रस्ट पारे। स्पेन भ्रमणमा रहेका नेपाली प्रतिनिधिमण्डलका तर्फबाट ढकालको यो सम्बोधन नेपाल–स्पेन आर्थिक सम्बन्ध विस्तारको दिशामा महत्वपूर्ण पहल मानिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |