


काठमाडौँ : आन्तरिक विवादका कारण लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँको बजेट पारित गरेको छ। बिहीबार सम्पन्न १९औँ नगर सभाले कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले प्रस्तुत गरेको बजेट पारित गरेसँगै धरान बजेट होलिडेबाट बाहिरिएको हो।
कानुनअनुसार स्थानीय तहले असार १० भित्र बजेट ल्याइसक्नुपर्ने भए पनि धरानमा आन्तरिक विवादका कारण बजेट पारित हुन सकेको थिएन। पारित बजेटमा सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।
नगर कार्यपालिकातर्फ २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार र २० वडा कार्यालयका लागि २८ करोड ७० लाख ९४ हजार विनियोजन गरिएको छ। सहरी योजना तथा भौतिक पूर्वाधारमा ९९ करोड ५० लाख, शिक्षामा ४९ करोड ८६ लाख ८२ हजार र स्वास्थ्यतर्फ १२ करोड ४५ लाख छुट्याइएको छ।
यस्तै, खानेपानी आपूर्तिका लागि ३ करोड ११ लाख र विपद् व्यवस्थापन कोषमा २ करोड विनियोजन गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |