


काठमाडौँ : धुलिखेल नगरपालिका–१२ स्थित पिप्ले गाउँका अधिकांश बासिन्दा नेपाली कांग्रेस मा प्रवेश गरेका छन्। धुलिखेलमा आयोजित कार्यक्रममा उनीहरूलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरिएको हो।
कार्यक्रममा ज्ञानबहादुर तामाङ, अमिर तामाङ, विजय तामाङ, विक्रम तामाङ, पाल्साङ तामाङ, लोप्साङ तामाङ, निश्चल श्रेष्ठ, धनबहादुर तामाङ, माया तामाङ, कमला तामाङ, लक्ष्मीमाया तामाङ, सिर्जना श्रेष्ठ, माइली तामाङ, सन्तबहादुर तामाङ, काले तामाङ र सम्झना श्रेष्ठलगायतले कांग्रेसको सदस्यता लिएका हुन्।
उनीहरूलाई जिल्ला कार्यसमिति सदस्यसमेत रहेका धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जंगम, नगर सभापति बिदुरबहादुर बस्नेतलगायत नेताहरूले स्वागत गरेका थिए।
नवप्रवेशीहरूले जनताको सुखदुःखमा सधैं अग्रसर रहने प्रजातान्त्रिक शक्ति भएकाले कांग्रेस रोजेको बताए।
यसअघि शंखुपाटीचौरमा आयोजित कार्यक्रममा पनि सोही गाउँका १५ जनाभन्दा बढी स्थानीय कांग्रेसमा प्रवेश गरेका थिए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |