

काठमाडौँ : प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमण उनको निजी भ्रमण रहेको सचिवालयले जनाएको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री शाह पोखरा हुँदै मुस्ताङ भ्रमणमा निस्किएको जानकारी दिए ।
भ्रमणको प्रकृत्ति व्यक्तिगत भएकाले कार्यक्रम तथा तालिकाबारे विवरण लिन परेमा प्रधानमन्त्रीको निजी सचिवालयमा सम्पर्क गर्न प्रवक्ता अर्यालले सञ्चारकर्मीहरूलाई आग्रह गरे । सार्वजनिक कार्यव्यस्तताबीच प्रधानमन्त्री शाह केही दिनका लागि राजधानीबाहिर निस्किएका हुन् ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |