काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विदेश भ्रमणदेखि देशको समसामयिक राजनीतिक अवस्थासम्म धारणा राख्ने तयारी गरेको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
केही दिनअघि मात्र तुर्केमेनिस्तानको भ्रमण सकेर स्वदेश फर्किएका ओलीले भेटघाट, सम्झौता र अनुभवका बारेमा विस्तृत विवरण प्रस्तुत गर्नेछन्। उनले विपक्षी दलका आलोचना र सरकारका कदमबारे समेत सशक्त जवाफ दिने अपेक्षा छ।