


काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६६ अंकले बढेर २ हजार ७८०.२५ विन्दुमा पुगेको छ। अघिल्लो दिनको सकारात्मक प्रवृत्तिलाई निरन्तरता दिँदै बजार हरियालीमा बन्द भएको हो।
यस दिन ३४७ कम्पनीका १ करोड ३५ लाख २१ हजार कित्ता शेयर ६२ हजार १४८ पटक किनबेच हुँदा ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँबराबरको कारोबार भएको छ। मंगलबारको तुलनामा कारोबार रकम पनि बढेको छ।
समूहगत रूपमा निर्जीवन बीमा उपसमूह ३.३७ प्रतिशत र जीवन बीमा उपसमूह डेढ प्रतिशतभन्दा बढीले बढेपछि बजारलाई टेवा पुगेको हो। १३ उपसमूहमध्ये ७ समूह बढ्दा ६ समूह घटेका छन्।
कालिञ्चोक हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लाग्दै सर्वाधिक बढ्यो। कारोबार रकमका आधारमा आँखीखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहँदा नेपाल पुनर्बीमा कम्पनी र रिडी पावर पनि उच्च कारोबार हुने कम्पनीमा परेका छन्। नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य भने ५.१८ प्रतिशतले घटेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |