काठमाडौं : मधेश प्रदेशसभाको सोमबारको बैठक प्रमुख प्रतिपक्षी दलका सांसदहरूले बहिष्कार गरेका छन्।
जनता समाजवादी पार्टी, नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेशको बजेटमा विचौलिया हाबी भएको र आर्थिक अपराधु भएको गम्भीर आरोप लगाउँदै बैठक बहिष्कारको घोषणा गरेका हुन्।
सभामुख रामचन्द्र मण्डलले प्रतिपक्षीको अनुपस्थितिमा पनि बैठक सञ्चालन गरे। यादवले सदनलाई प्राप्त ४६१ पृष्ठको रेडबुक भन्दा वास्तविक ७५५ पृष्ठको रहेको खुलासा गर्दै थप २९४ पृष्ठमा रहेका करिब ८ हजार योजनाहरू चोरी गरेर समावेश गरिएकोु दाबी गरे। यसलाई उनले योजनाबद्ध भ्रष्टाचार र कुपोषणका योजना भन्दै आपत्ति जनाए।
यादवले अर्थमन्त्री र सभामुख दुवैको राजीनामाको माग गरेका छन्। बैठक बहिष्कार गर्ने दलहरूमा जसपा नेपाल, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी नेपाल रहेका छन्।