

काठमाडौँ : काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी उच्चस्तरीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिका तामाङ र विभिन्न नगरपालिकाका प्रमुखहरूबिच फेरि भनाभन भएको छ ।
सञ्चारमन्त्री विक्रम तिमल्सिनाले उपत्यकाका ९ जना नगरप्रमुखहरूलाई बोलाएर आयोजना गरेको छलफलमा सांसद तामाङ आक्रामक रूपमा प्रस्तुत भएपछि वातावरण तनावग्रस्त बनेको थियो । सुरुमा मेयरहरूले आफ्नो भनाइ राख्ने क्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी आफ्नो मन्तव्य सकेर उठ्न खोजेपछि सांसद तामाङले कडा आपत्ति जनाएकी थिइन् ।
सोही क्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले तामाङको कार्यशैली अति नै आक्रामक र अमर्यादित भएको भन्दै नियमापत्ति जनाएका थिए । जनप्रतिनिधिबिचको भनाभन र तनाव बढेपछि तामाङले अर्को छलफल फोहोर विसर्जनस्थल बन्चरे डाँडामै गर्ने चेतावनी दिँदै आफ्नो ब्याग बोकेर बैठकबाट बीचमै बाहिरिएकी छन् ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |