


काठमाडौं : पूर्वगृहमन्त्री सुधन गुरुङ माथि उठेका विवादित विषयहरूको अध्ययन तथा छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। सरकारी स्रोतका अनुसार ४५ पृष्ठको प्रतिवेदनमा गुरुङसँग सम्बन्धित आरोप, सम्पत्ति विवरण तथा सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूको परीक्षण गरिएको छ।
पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी को संयोजकत्वमा गठित समितिले सुरुमा पाएको १५ दिनको समयावधि पाँच दिन थप गरेर प्रतिवेदन तयार पारेको हो। स्रोतका अनुसार प्रतिवेदनको निष्कर्ष गुरुङका लागि अनुकूल रहेको छ।
प्रतिवेदन सरकारसमक्ष पुगेसँगै गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किन सक्ने चर्चा राजनीतिक वृत्तमा बढेको छ। विवादपछि उनले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसयता बालेन्द्र शाह ले गृह मन्त्रालय आफैंसँग राख्दै आएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |