


काठमाडौं : नेपाली बजारमा सुनको मूल्य आइतबार एकैदिन २० हजार ५ सय रुपैयाँले उकालो लाग्दै हालसम्मकै उच्च विन्दुमा उक्लिएको छ ।
छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्यमा आएको यो वृद्धिसँगै बजारमा नयाँ कीर्तिमान कायम भएको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ४५ रुपैयाँ किनबेच भैरहेको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |