


रुपन्देही : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारको एक सय दिनको कार्यकाललाई समग्रमा सकारात्मक मूल्यांकन गरेका छन्। सुशासनका क्षेत्रमा सरकारले केही रचनात्मक काम गरेको भन्दै उनले त्यसलाई निरन्तरता दिनुपर्ने बताएका छन्।
सोमबार रुपन्देहीको भैरहवामा राप्रपाका नेता–कार्यकर्तासँगको भेटघाटपछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले सरकारले छोटो अवधिमै सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको बताए। यद्यपि जनताले अपेक्षा गरेका सबै परिणाम आउन अझै समय लाग्ने उनको भनाइ थियो।
पार्टीको आन्तरिक राजनीतिबारे बोल्दै उनले आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरे। राप्रपालाई समयअनुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले नेतृत्व र कार्यशैली दुवैमा परिवर्तन आवश्यक रहेको बताए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |