

काठमाडौँ : सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
यस्तै, युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम ९निषेध तथा नियमित गर्ने० विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘नेपाल(भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता’ पेस गर्ने कार्यसूची रहेको छ।
उता अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभा बैठकमा परराष्ट्र, कानुन र पर्यटन मन्त्रालयसँग सम्बन्धित लिखित तथा मौखिक प्रश्नको जवाफ दिने कार्यक्रम छ। पर्यटनमन्त्री खडक राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ लाई विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव पेस गर्नेछन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |