

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा प्रायः सबैजसो भूभागमा साधारणतया बदली भई वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा जारी छ।
आज दिउँसो र राति हिमाली क्षेत्रमा हिमपात तथा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। पहाडी भूभागका धेरै स्थान र तराईका केही क्षेत्रमा मध्यम वर्षाको आकलन गरिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक(दुई स्थानमा भारी वर्षाको जोखिम रहेको महाशाखाले जनाएको छ।
यस्तै, कोशीको तराई र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |