

काठमाडौँ : बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव हटाउन सरकारले आपूर्ति व्यवस्थालाई तीव्र रूपमा सहज बनाउँदै लगेको दाबी गरेको छ । उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय गर्दा केही स्थानमा समस्या देखिएकाले त्यस्तो नगर्न पनि सरकारले आग्रह गरेको हो ।
बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत देशका विभिन्न स्थानमा ग्यास वितरण कार्य भइरहेको जानकारी दिए।
‘केही स्थानमा देखिएको अभावप्रति मन्त्रालय गम्भीर र संवेदनशील छ’,मन्त्री पोखरेलले भने, ‘अहिले आपूर्ति सहज हुँदै गइरहेको छ र केही समयभित्रै यो समस्या पूर्ण रूपमा समाधान हुनेछ’ ।सरकारले आपूर्ति प्रणालीलाई पूर्ण रूपमा व्यवस्थित बनाउन आवश्यक पहल गरिरहेको उनले प्रस्ट पारे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |