

काठमाडौँ : पाँच दिनदेखि आन्दोलनरत बैंक, लघुवित्त, सहकारी, मिटरब्याज पीडित तथा भूमिहीन सुकुम्बासीको स्वास्थ्य, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ। ललितपुरको पुल्चोकस्थित आयोग कार्यालय अगाडि धर्नामा रहेका नागरिकका माग तत्काल सम्बोधन गर्नसमेत आग्रह गरिएको छ।
आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा धर्नामा रहेका महिला, बालबालिका, अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक उपचार र सुरक्षा प्रबन्ध मिलाउन नेपाल सरकारसँग माग गरिएको छ।
आन्दोलनरत ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ र सरकारबीच वार्ता टोली गठन हुनुलाई सकारात्मक मान्दै आयोगले वार्ता र संवादकै माध्यमबाट समस्याको दीर्घकालीन समाधान खोज्न दुवै पक्षलाई अनुरोध गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |