

काठमाडौँ : सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय भएको बताएका हुन् ।
बैठकले सहसचिव रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।
यस्तै, मन्त्रिपरिषद्ले नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ। यसका साथै साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालय मातहत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गर्ने निर्णय पनि भएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |