

काठमाडौं : सरकारले हालै गरेको राजदूत सिफारिस प्रक्रिया पारदर्शी नभएको र योग्य उम्मेदवारलाई पन्छाएर राजनीतिक भागबन्डा गरिएको भन्दै अन्तर्राष्ट्रिय स्तरमा सम्मानित साहित्यकार सन्तोष कुमार पोखरेलले आपत्ति जनाएका छन्। परराष्ट्र मन्त्रालयको औपचारिक विज्ञापनअनुसार प्रक्रिया पुर्याएर आवेदन दिँदा समेत शर्टलिष्टिङ र अन्तर्वार्ता नै नगरी सिफारिस नामावली सार्वजनिक गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।
पोखरेलले रुसलाई पहिलो प्राथमिकतामा राख्दै चीन, बेलायत र फ्रान्सका लागि अनलाइन तथा इमेलमार्फत निवेदन दिएका थिए। आफूले आर्जन गरेको शैक्षिक योग्यता, साहित्यिक सांस्कृतिक योगदान, अन्तर्राष्ट्रिय सम्मानका साथै पूर्वसोभियतररुसी ग्राजुएटहरूको संस्था मित्रकुञ्जुको सिफारिस पत्रसमेत संलग्न गर्दा पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ।
सार्वजनिक वक्तव्य जारी गर्दै पोखरेलले आफ्नो बायोडाटा र कागजात सर्वसाधारणसामु प्रस्तुत गर्दै प्रश्न गरेका छन्- के कारणले मेरो योग्यता छानिएकाहरूभन्दा कम भयो ? यो जान्ने सूचनाको हक मलाई छैन ? राज्यको यस्तो निर्णयविरुद्ध आवाज उठाउन र गलत कदम सच्याउन उनले आम जनता तथा पाठक वर्गसँग आग्रह गरेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |