काठमाडौँ : उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानसेनापति अशोकराज सिग्देलबीच लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा बडादसैँको शुभकामना आदानप्रदानका साथै मुलुकको समग्र सुरक्षा अवस्था र समसामयिक राष्ट्रिय विषयमा छलफल भएको हो ।
सो अवसरमा उपराष्ट्रपति यादवले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र आन्तरिक सुरक्षा कायम राख्न नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गरे। साथै भोटेकोशी बाढीले निम्त्याएको विपत्तिमा सेनाले गरेको खोज, उद्धार र राहत कार्यको उनले उच्च मूल्याङ्कन गरे।
प्रधानसेनापति सिग्देलले देशको वर्तमान सुरक्षा प्रबन्ध, सीमा सुरक्षाको अवस्था तथा भोटेकोशी विपत्तिमा नेपाली सेनाले पुर्याएको योगदानबारे उपराष्ट्रपतिलाई जानकारी गराएका थिए ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |