काठमाडौँ ः आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले सानदार प्रदर्शन जारी राख्दै ओमानलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको छ। बलरहरूको घातक बलिङ र अनुशासित प्रदर्शनको मद्दतले नेपालले शृङ्खलामा लगातार दोस्रो जित दर्ता गर्न सफल भएको हो।
नेपालले प्रस्तुत गरेको लक्ष्य पछ्याएको ओमान नेपाली बलरहरू सामु टिक्न नसकी कम रनमै समेटियो। यो जितसँगै लिग २ को अङ्कतालिकामा नेपालले ३४ खेलबाट २८ अङ्क जोड्दै छैटौँ स्थानमा आफ्नो स्थिति सुदृढ बनाएको छ। पराजित ओमान भने ३० खेलबाट ३३ अङ्कसहित चौथो स्थानमा यथावत् छ।
शृङ्खलाको पहिलो खेलमा पनि जित हात पारेको नेपाली टोली उच्च मनोबलका साथ अघि बढेको छ। उत्कृष्ट लयमा देखिएको नेपालले अब आफ्नो आगामी खेल आउँदो शनिबार क्यानडाविरुद्ध खेल्ने तालिका रहेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |