काठमाडौँ : आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको बम्पर उपहार नुवाकोटकी सन्तमाया तामाङले हात पारेकी छन् ।
दशैँमा नुवाकोटको एक फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथा प्रणालीबाट बम्पर उपहारका लागि छनोट भएको हो। विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममा कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर बटन थिचेर विजेता घोषणा गरेका थिए। फोनमार्फत जितको खबर पाउँदा तामाङले सुरुमा जिस्क्याएको ठानेकी थिइन्।
उपभोक्तामा बिल लिने बानी बसाल्न यो कार्यक्रम ल्याइएको विभागका महानिर्देशक डा। भीष्मकुमार भूसालले बताए। असोज १६ देखि ३१ सम्म कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार सहभागी भएका थिए। विभागले बम्परबाहेक प्रत्येक दिन १ जनाका दरले १६ जना दैनिक विजेतालाई कर कट्टीपछि जनही १ लाख रुपैयाँ दिने घोषणासमेत गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |