बैतडी : बैतडीको पाटन नगरपालिका-७ स्थित खाली जंगलमा एकनाले भरुवा बन्दुक फेला परेको छ।
अस्थायी प्रहरी पोष्ट बयलचौरबाट गस्तीमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान झाडीमा बेवारिसे अवस्थामा छाडिएको १ थान भरुवा बन्दुक बरामद गरेको हो।
अवैध शिकार वा अन्य आपराधिक गतिविधिमा प्रयोग गर्नका लागि बन्दुक लुकाएर राखिएको हुन सक्ने प्रहरीको अनुमान छ। बन्दुक कसले र कुन प्रयोजनका लागि जंगलमा ल्याएर छाडेको हो भन्नेबारे खोजीका साथै घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |