रसुवा : १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा रसुवाको नौकुण्ड गाउँपालिकाबाट एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका-५, चिति देउरालीका ३० वर्षीय दीपक तामाङ रहेका छन्।
प्रहरीका अनुसार किशोरीमाथि जबरजस्ती करणी भएको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको टोलीले तामाङलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |