काठमाडौँ : बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेष र पश्चिमी वायुको दोहोरो प्रभावका कारण शनिबार देशभरको जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम तथा अन्य क्षेत्रमा हल्का वर्षा भइरहेको छ।
खराब मौसमलाई मध्यनजर गर्दै महाशाखाले पाकेको धानबाली काट्ने तथा भित्र्याउने काम आज र भोलि नगर्न किसानहरूलाई अपिल गरेको छ । उच्च हिमाली तथा पहाडी भूभागमा भारी हिमपात र हिमपहिरोको जोखिम रहेकाले पर्यटकहरूलाई सुरक्षित स्थानमा रहन र सतर्कता अपनाउन आग्रह गरिएको छ।
वर्षासँगै बढेको चिसोले दैनिक जनजीवनका साथै हवाई र सडक यातायात समेत प्रभावित भएको छ। भोलि (आइतबार) अपराह्नदेखि यो मौसमी प्रणाली कमजोर हुँदै जाने महाशाखाले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |