काठमाडौँ : नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदीलाई सादा पोसाकका प्रहरीले कार्यालय परिसरभित्रैबाट पक्राउ गरेका छन्।
शुक्रबार नेपाल प्रेसको कार्यालय प्रवेश गरी प्रहरीले सुवेदीलाई नियन्त्रणमा लिएको हो। पत्रकार सुवेदी पक्राउ परेकै समयतिर प्रकाशन गृह नेपाल इ प्रेसका अध्यक्ष विन्दुराज लम्साललाई पनि नेपाल प्रहरीको साइबर ब्युरोले उपस्थित हुन ताकेता गरेको छ।
ब्युरोबाट पटक पटक फोन गरी समाचारको विषयमा छलफल गर्नु पर्ने भन्दै कार्यालयमा उपस्थित हुन भनिएको अध्यक्ष लम्सालले जानकारी दिएका छन्। समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले देखाएको यो शैलीप्रति सञ्चार क्षेत्रमा चासो र चिन्ता व्यक्त गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |