सोलुखुम्बु : सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा फिस्टेल र डायनेस्टी एयरका दुईवटा हेलिकोप्टर आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार अवतरणका क्रममा हेलिकोप्टरका पंखा आपसमा जुध्दा यो दुर्घटना हुन पुगेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पनि फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टरको पंखा ठोक्किएको जानकारी प्राप्त भएको र त्यसबारे थप बुझ्ने प्रयास भइरहेको बताएका छन् । खुम्बु क्षेत्रमा हेलिकोप्टरको अत्यधिक उडान चाप रहने यस क्षेत्रमा भएको यस दुर्घटनाले उडान सुरक्षामा थप चुनौती थपेको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |