काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिश्री बुधबार काठमाडौं आइपुगेका छन्। काठमाडौं ओर्लिएलगत्तै उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रमा विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्री खनालको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई फलदायी बनाउने उद्देश्यले काठमाडौं आएका विदेश सचिव मिश्रीले आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री शाहसहित नेपालका अन्य उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |