काठमाडौँ : नेकपा एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढिरहेको पार्टी भएको वरिष्ठ नेता विद्या भण्डारीले बताएकी छन्।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेले लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक-आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको बताइन्।
पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही सूचना प्रवाह र वस्तुनिष्ठ मूल्याङ्कन हुनुपर्ने उनको भनाइ थियो।
भण्डारीले पार्टीबारे फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य तथा प्रमाणका आधारमा खण्डन गर्नुपर्नेमा जोड दिइन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |