काठमाडौँ : न्यायपालिकामा देखिएका विकृति र भ्रष्टाचार अन्त्य गर्न स्वतन्त्र छानबिन आयोग गठनको माग गर्दै लिबरल अलाएन्सले सर्वोच्च अदालत र न्यायपरिषद्लाई १५ दिनको समयसीमा दिएको छ।
काठमाडौँमा आयोजित कार्यक्रममा अलाएन्सका संयोजक डा. गोपाल नेपालले निर्धारित समयभित्र माग पूरा नभए देशव्यापी हस्ताक्षर अभियानसहित थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका हुन्।
उनले अदालतमा वर्षौंसम्म मुद्दा लड्दा र सम्पत्तिसमेत बेच्दा पनि न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए। प्रस्तावित स्वतन्त्र छानबिन आयोगमा लिबरल अलाएन्सको प्रतिनिधित्वसमेत सुनिश्चित गर्नुपर्ने उनको माग छ।
न्यायपालिकालाई भ्रष्टाचारमुक्त र स्वच्छ बनाउन नागरिक समाज, सर्वसाधारण तथा पत्रकारहरूलाई अभियानमा साथ दिन आग्रह गर्दै नेपालले न्यायालयको पुनर्संरचना र पुनरावलोकन नभएसम्म आफ्नो अभियान जारी रहने स्पष्ट पारे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |