बनेपा : नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा सहभागी रक्तदान कार्यक्रममा ११३ पिन्ट रगत संकलन भएको छ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले बनेपास्थित पार्टी भेन्युमा आयोजना गरेको कार्यक्रममा ११३ जनाले रक्तदान गरेका हुन्। शर्माले रक्तदान गरेर कार्यक्रमको सुरुवात गरेका थिए।
कार्यवाहक जिल्ला सभापति गुणराज मुक्तानका अनुसार स्वास्थ्य उपचारका क्रममा रगत तथा रक्तजन्य पदार्थको अभाव हुन नदिन कार्यक्रम आयोजना गरिएको हो।
अत्यावश्यक अवस्थामा बिरामीले सहज रूपमा रगत प्राप्त गर्न सकून् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको कांग्रेस काभ्रेपलाञ्चोकले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |