काठमाडौं : लेखक नन्दराज जोशी (नन्दराज मानव प्रकृति) ले करिब एक दशकभन्दा लामो समयको अध्ययन, अनुसन्धान र अभ्यासपछि तयार पारेको पुस्तक ‘गतिशील भौतिकवाद’ पछिल्लो समय पाठकमाझ लोकप्रिय बन्दै गएको छ।
पुस्तक पढ्ने पाठकबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ भने बजारमा यसको माग समेत बढिरहेको छ। ‘अन्तिम सत्य’ शीर्षकमा प्रस्तुत पुस्तकमा एक ब्रह्माण्डको सिद्धान्त, सृष्टिको क्रमिक विकासक्रम, आकाशीय पिण्डहरूको रोटेसन र हेलिकल पाथ, मन, सपना, श्वास, ध्यान, साधना र समाधिसम्मका विषयमा विस्तृत चर्चा गरिएको छ।
लेखक जोशीका अनुसार यो कृति उनको अध्ययन, अनुभव, अभ्यास र जागरणसहितको चिन्तन–कर्मको परिणाम हो। “मन, आत्मा र शरीरको खोज हुँदै ब्रह्माण्डसम्म पुग्ने यात्रालाई पुस्तकमा प्रस्तुत गरेको छु। गतिशील भौतिकवाद आफैंमा अन्तिम सत्यको खोज हो,” उनले बताएका छन्।
सरल तर प्रभावकारी भाषाशैलीमा गम्भीर र गहिरा विषयवस्तु समेटिएको यो पुस्तक १७२ पृष्ठको छ। यसको मूल्य ६५० रुपैयाँ तोकिएको छ। पुस्तक विभिन्न पुस्तक पसलका साथै अनलाइनमार्फत समेत खरिद गर्न सकिने व्यवस्था गरिएको छ।