


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। पार्टी स्थापनापछि पहिलोपटक हुन लागेको महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै भावी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
भरतपुरस्थित गेष्टहाउस चौरमा हुने महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। महाधिवेशनमा देश तथा विदेशका विभिन्न संरचनाबाट छनोट भएका ३ हजार ९ सय १८ प्रतिनिधि सहभागी हुनेछन्।
महाधिवेशनमा पार्टी विधान संशोधन, संगठन विस्तार तथा राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ। सचिवालयले १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव अघि सारेको छ। पदाधिकारीमा महिला सहभागिता सुनिश्चित गर्ने व्यवस्था पनि विधानमा समेटिएको छ।
रास्वपाले आगामी निर्वाचन र संगठन सुदृढीकरणलाई केन्द्रमा राखेर रणनीति तय गर्ने जनाएको छ। पार्टीका अनुसार महाधिवेशनका लागि प्रतिनिधि छनोटदेखि आवास, यातायात, सुरक्षा र स्वयंसेवक परिचालनसम्मका अधिकांश तयारी पूरा भइसकेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |