


काठमाडौँ : फिफा विश्वकपअन्तर्गत समूह ‘ई’ मा इक्वडेर र कुरासाओले गोलरहित बराबरी खेलेका छन्। कानसास सिटी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा अंक बाँड्न बाध्य भए।
बराबरीसँगै दुवै टोलीले प्रतियोगितामा पहिलो अंक जोड्दै समूहको तेस्रो र चौथो स्थानमा रहेका छन्। यद्यपि, नकआउट चरणमा पुग्ने सम्भावना अझै कायम रहे पनि उनीहरूको अवस्था चुनौतीपूर्ण बनेको छ।
यस समूहबाट जर्मनी लगातार दोस्रो जितसहित छ अंक बटुलेर अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ। दुई खेलबाट तीन अंक जोडेको आइभरी कोस्ट दोस्रो स्थानमा छ।
विश्वकपमा पहिलोपटक सहभागी भएको कुरासाओले भने प्रतियोगिताको आफ्नो पहिलो अंक हासिल गर्दै ऐतिहासिक उपलब्धि हात पारेको छ। अब दुवै टोलीको नकआउट चरणको सम्भावना अन्तिम समूह खेलको नतिजामा निर्भर रहनेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |