


काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले बुधबार रातिदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाइएको छ। त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले कम गरिएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको निगमले जनाएको छ।
नयाँ मूल्य समायोजनसँगै उपभोक्ताले पेट्रोलियम पदार्थ र एलपी ग्यास खरिद गर्दा अघिल्लो मूल्यभन्दा कम तिर्नुपर्ने भएको छ। निगमले अन्तर्राष्ट्रिय बजारबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य समायोजन गरिएको जनाएको छ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |