

काठमाडौँ : प्रतिनिधिसभा र राष्ट्रियसभाको शून्य समयलाई उपयोग गर्दै संसदीय समितिहरूले आफ्ना कामकारबाहीलाई तीव्र बनाएका छन्। आगामी भदौ ८ गतेका लागि प्रतिनिधिसभा र शुक्रबारका लागि राष्ट्रियसभाको बैठक तय भएसँगै बिहीबार एकै दिन सङ्घीय संसद् मातहतका नौ वटा संसदीय समितिका बैठक बस्दै छन्।
समितिहरूमा अर्थ, पर्यटन, मलखाद, पूर्वाधार र सुशासनसम्बन्धी विधेयक तथा उजुरीमाथि गहन छलफल हुने कार्यसूची छ। बिहान ११ बजे बस्ने अर्थसमितिमा राष्ट्र बैङ्क ऐन संशोधन विधेयकमाथि अर्थमन्त्रीको उपस्थितिमा दफावार छलफल हुँदैछ भने राज्य व्यवस्था समितिमा अख्तियारका पदाधिकारीसँग आयोगको कामकारबाहीबारे समीक्षा गरिँदैछ।
त्यस्तै, अन्तरराष्ट्रिय सम्बन्ध समितिमा पर्यटन विधेयकबारे होटल एसोसिएसनसँग, पूर्वाधार विकास समितिमा बागमती ब्युटिफिकेसन आयोजनाबारे र कृषि समितिमा प्राङ्गारिक मलको प्रयोग बढाउने विषयमा उत्पादकहरूसँग परामर्श गर्ने कार्यक्रम छ। शिक्षा, उद्योग, लेखा र विधायन समितिले पनि आ(आफ्ना विधेयक तथा वैदेशिक सहायता लेखापरीक्षणबारे छलफल डाकेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |