

काठमाडौँ : नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका धकेल्ने निर्णय गर्न लागेपछि त्यसैको आवश्यक तयारीका लागि निर्वाचन समितिको बैठक बोलाइएको हो ।
भोलि मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ । सानेपामा जारी कार्यसम्पादन समिति बैठकले महाधिवेशनको नयाँ तिथि तय गर्ने संकेत गरेसँगै निर्वाचन समितिले सोहीअनुसार परिमार्जित कार्यतालिका तयार पार्नेछ। भोलिको बैठकमा संशोधित महाधिवेशन कार्यतालिका, तल्लो तहका अधिवेशन तथा संगठन सुदृढीकरणका प्राविधिक तयारीबारे विस्तृत छलफल हुनेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |