

काठमाडौँ : प्रधानमन्त्री दैवी प्रकोप तथा राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ बजेसम्म कोषमा ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २ सय ६१ रुपैयाँ जम्मा भइसकेको छ।
आपत्कालीन उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सङ्कलित रकममध्ये १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रसुवाका बाढीपीडितका लागि निकासा गरिसकिएको छ।
हाल नौ वटा वाणिज्य बैंकमा ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २ सय २३ रुपैयाँ मौज्दात छ। यसबाहेक, अन्तर्राष्ट्रिय सहयोगअन्तर्गत हिमालयन र लक्ष्मी सनराइज बैंकमा खोलिएका डलर खाताहरूमा २ करोड ११ लाख ८ हजार ४ सय ७१ अमेरिकी डलर सङ्कलन भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |