

काठमाडौँ : सरकारले भारत, चीन, अमेरिका र बेलायतसहित १३ मुलुकका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले कूटनीतिक, प्रशासनिक तथा विभिन्न विषयमा विज्ञता हासिल गरेका व्यक्तिहरूलाई नियोग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।
त्यस्तै जापानका लागि जिaग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरु जोशी, ओमानका लागि डा। पद्माक्षी राणा र मलेसियाका लागि चूडामणि खरेललाई सिफारिस गरिएको छ । दक्षिण कोरियामा प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलङ्कामा मञ्चला झा र साउदी अरेबियामा गिरीबहादुर सुनारको नाम तय भएको छ ।
सिफारिस गरिएका व्यक्तिहरूको नाम अब संसदीय सुनुवाइ समितिका लागि संसद्मा पठाइनेछ । समितिबाट अनुमोदन भएपछि सम्बन्धित देशबाट सहमति (एग्रिमो) आएपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने प्रावधान छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |