

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषयहरू प्रभावकारी रूपमा उठाउन सरकारलाई आग्रह गरेका छन् । शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित संवाद कार्यक्रममा बोल्दै थापाले सिंगो देश र जनताको भावना झल्किने गरी प्रस्तुत हुन प्रधानमन्त्री वालेन्द्र शाहलाई सुझाव दिएका हुन् ।
महासभामा पहिलो पटक सहभागी हुन लागेकाले आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै थापाले विगतको विरासत र भावी नेतृत्वको विश्वास बोकेर निर्धक्क भनाइ राख्न आग्रह गरे । जलवायु परिवर्तनको असरबारे विशेषज्ञहरूको सुझाव लिई प्रमाणसहित स्पष्ट मुद्दा प्रस्तुत गर्नुपर्ने उनको जोड थियो ।
ूहामीले महासभामा आफ्ना लागि के लड्ने, विपद्बाट प्रभावित क्षेत्रमा तत्काल पुनर्बास गराउने वा संस्था बलियो बनाउने भन्ने विषय स्पष्ट हुनुपर्छ,ू थापाले भने, ूअनुमानका आधारमा नभई जलवायु परिवर्तनको मुद्दालाई प्रमाणका साथ केन्द्रमा राखिनुपर्छ ।ू

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |