

काठमाडौं : निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको बहिष्कार र सम्भावित फुटको तीव्र दबाबका बीच नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि औपचारिक रूपमा शुरू भएको छ। पुसको विशेष महाधिवेशनपछि दुई ध्रुवमा बाँडिएको कांग्रेसले आज र भोलि देशभरका वडामा एकसाथ अधिवेशन गराउँदै छ।
संस्थापन पक्षले वडा तहबाटै संगठन सुदृढ गर्ने दाबी गरे पनि देउवा समूहले आगामी मंसीरमा अर्कै महाधिवेशन गर्ने घोषणा गरेपछि कांग्रेसको आन्तरिक संकट थप चर्किएको छ।
सबै वडामा निर्वाचन अधिकृतहरू पुगिसकेको र रसुवासहित नुवाकोट क्षेत्र नं १ बाहेक अन्यत्र वडा अधिवेशनको तयारी पूरा भएको प्रवक्ता देवराज चालिसेले बताएका छन्। स्थानीय संरचनाअनुसार वडा कार्यसमिति चयन गरिने यस अधिवेशनले नयाँ नेतृत्वसँगै महाधिवेशन प्रतिनिधि छान्ने क्षेत्रीय प्रतिनिधिहरू पनि चुन्नेछ।
एकताको प्रयास विफल भएपछि शुरू भएको यो महाधिवेशनले कांग्रेसलाई नयाँ नेतृत्व देला वा औपचारिक विभाजनतिर लैजाला भन्ने चासो छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |